ne_tn/mat/11/25.md

4.6 KiB

सामान्य जानकारीः

२५ र २६ पदहरूमा येशूले भीडको अगाडि नै उहाँको स्वर्गीय पितासँग प्रार्थना गर्नुहुन्छ । पद २७ मा, उहाँले फेरि मानिसहरूलाई सम्बोधन गर्न थाल्नुहुन्छ ।

पिता

यो परमेश्‍वरको लागि महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

हे स्वर्ग र पृथ्वीका प्रभु

“स्वर्ग र पृथ्वीमा राज गर्नुहुने प्रभु ।” “स्‍वर्ग र पृथ्‍वी” वाक्‍यांश ब्रह्‌माण्‍डमा भएका सबै मानिस र थोकहरू जनाउने विपरितार्थ अलङ्कार हो । वैकल्‍पिक अनुवादः “सारा ब्रह्‌माण्‍डमा शासन गर्नुहुने मालिक” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)

तपाईं यी कुराहरू लुकाउनुभयो ... र प्रकट गर्नुभयो

“यी कुराहरू”को अर्थ के हो भनेर प्रस्‍ट छैन । यदि तपाईंको भाषामा के भन्‍न खोजेको हो भनेर प्रस्‍ट पार्न जरुरी छ भने, कुनै वैकल्पिक अनुवाद बेस हुन सक्छ । वैकल्‍पिक अनुवादः “तपाईंले यी सत्यताहरू लुकाउनुभयो... र तिनीहरूलाई प्रकट गर्नुभयो”

तपाईंले यी सत्यताहरू ... बाट लुकाउनुभयो

“तपाईंले यी कुराहरू ... बाट लुकाउनुभयो” वा “तपाईंले यी कुराहरूलाई थाहा हुन दिनुभएन ।” यो क्रियापद “प्रकट” को विपरितार्थ हो ।

बुद्धिमानी र समझदारहरूबाट

यी नामिक विशेषणलाई विशेषणका रूपमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “ती मानिसहरूबाट जो बुद्धिमान् र समझदार छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

बुद्धिमान् र समझदार

येशूले व्‍यङ्ग प्रयोग गर्दै हुनुहुन्‍छ । यी मानिस साँच्‍चै बुद्धिमान् छन् भनी उहाँले विचार गर्नुहुन्‍न । वैकल्‍पिक अनुवादः “ती मानिसहरू जसले आफूलाई बुद्धिमान् र समझदार सम्झन्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-irony)

तिनलाई प्रकट गराउनुभयो

“तिनीहरूलाई थाहा गराउनुभयो ।” सर्वनाम “तिनीहरू” ले यही पदमा पहिले नै उल्लेख गरिएको “यी कुराहरू” भन्‍ने वाक्यांशलाई जनाउँछ ।

साना बालकहरूलाई

अन्‍जान व्‍यक्तिलाई येशूले सानो बालकसँग तुलना गर्नुहुन्‍छ । येशूले यो कुरामा जोड दिंदै हुनुहुन्‍छ कि, उहाँमाथि विश्‍वास गर्नेहरूमध्‍ये धेरै जना शिक्षित छैनन् वा आफैँलाई बुद्धिमान् भएको विचार गर्दैनन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)