ne_tn/mat/11/23.md

5.2 KiB

जोड्ने कथनः

येशूले यी सहरका मानिसहरूलाई निरन्‍तर रूपमा हप्‍काउनुहुन्‍छ, जहाँ उहाँले पहिले आश्‍चर्यकर्महरू गर्नुभयो ।

तँ कफर्नहुम

कफर्नहुम सहरका मानिसहरूले येशूलाई सुनिरहेजस्तै गरी उहाँले तिनीहरूसँग बोलिरहनुभएको छ, तर तिनीहरूले सुनिरहेका थिएनन् । यी दुईवटा पदमा प्रयोग भएका सर्वनाम “तँ” एकवचन हो र यसले कफर्नहुमलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-apostrophe)

तँ

यहाँ प्रयोग “तँ” जति सबै एकवचन हुन् । ती सहरका मानिसहरूलाई जनाउनु बढी स्‍वभाविक हुन्‍छ भने, तपाईंले बहुवचन “तिमीहरू” गरी अनुवाद गर्न सक्‍नुहुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

कफर्नहुम ... सदोम

यी सहरहरूका नामहरू हुन् जसलाई कफर्नहुम र सदोममा बस्‍ने मानिसहरूलाई जनाउनको निम्ति प्रयोग गरिएका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

के तँ स्वर्गमा उचालिनेछस् भनी सम्झन्छस् ?

“के स्‍वर्ग जानका लागि तेरो पुनरुत्‍थान हुने छ भनी विचार गर्छस् ?” येशूले कफर्नहुमका मानिसहरूलाई तिनीहरूको घमण्‍डको लागि हप्‍काउनलाई एउटा आलङ्कारिक प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छः वैकल्‍पिक अनुवादः “स्‍वर्ग जानका लागि तिमीहरूले आफैँलाई पुनरुत्‍थान गराउन सक्‍दैनौ !” वा “अरू मानिसहरूले प्रशंसा गरेर तिमीहरू स्‍वर्ग जानका लागि पुनरुत्‍थान हुनेछैनौ !” वा “परमेश्‍वरले तिमीहरूले सोचेको जस्तो गरी तिमीहरूलाई स्‍वर्गमा लानुहुनेछैन !” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

तँलाई तल पातालमा झारिनेछ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तँलाई तल पातालमा झार्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

किनकि यदि तँमा गरिएका शक्‍तिशाली कार्यहरू सदोममा गरिएका भए ... त्यो आजसम्म पनि रहिरहने थियो

विगतमा हुन सक्‍ने, तर नभएका काल्‍पनिक परिस्‍थितिको बारेमा येशूले वर्णन गर्दै हुनुहुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-hypo)

किनकि यदि तँमा गरिएका शक्तिशाली कार्यहरू सदोममा गरिएका भए

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यदि मैले तँमा गरेका शक्तिशाली कार्यहरू सदोममा गरेको भए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शक्तिशाली कार्यहरू

“शक्तिशाली कामहरू” वा शक्तिका कामहरू” वा “आश्‍चर्यकर्महरू”

त्यो आजसम्म पनि रहिरहने थियो

सर्वनाम “त्यो”ले सदोम सहरलाई जनाउँछ ।