ne_tn/mat/11/22.md

2.3 KiB

न्यायको दिनमा तिमीहरूका निम्ति भन्दा टुरोस र सिदोनको निम्ति इन्साफ अझ बढी सहनीय हुनेछ

यहाँ “टुरोस र सिदोन”ले त्‍यहाँ बसोबास गर्ने मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “न्यायको दिनमा तिमीहरूलाई भन्दा टुरोस र सिदोनका मानिसहरूलाई परमेश्‍वरले धेरै दया देखाउनुहुनेछ” वा “परमेश्‍वरले न्यायको दिनमा टुरोस र सिदोनका मानिसहरूलाई भन्दा तिमीहरूलाई अति कडा दण्ड दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूका निम्ति भन्दा

यहाँ “तिमीहरू” बहुवचनमा छ र यसले खोराजीन र बेथसेदालाई जनाउँछ । यदि तपाईंको भाषामा बढी स्‍वभाविक लाग्‍छ भने यी दुई सहरलाई जनाउन तपाईंले “तँ” दुईपल्ट प्रयोग गर्न, अन्‍यथा, सहरका मानिसहरूलाई जनाउन बहुवचन “तिमीहरू” प्रयोग गर्न सक्‍नुहुन्‍छ । अन्तर्निहित जानकारीलाई स्पष्‍ट बनाउन सकिन्छ । वैकल्पिक अनुवादः “किनभने तिमीहरूले मैले गरेका आश्‍चर्यकर्महरू देखेर पनि पश्‍चात्ताप गरेनौ, र मलाई विश्‍वास गरेनौ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-you]] अनि [[rc:///ta/man/translate/figs-explicit]])