ne_tn/mat/11/15.md

1.9 KiB

जससँग सुन्‍ने कान छ, उसले सुनोस्

येशूले जोड दिइरहनुभएको छ कि जे उहाँले भर्खर भन्‍नुभयो सो महत्त्वपूर्ण छ र त्यसलाई बुझ्‍न र अभ्यासमा ल्याउनलाई केही प्रयत्‍न चाहिन सक्‍छ । यहाँ “सुन्‍नलाई कानहरू” भन्‍ने वाक्यांश चाहिँ बुझ्न र आज्ञापालन गर्नेलाई इच्‍छुकपनालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “जसले सुन्‍न चाहना गरिरहेको छ, सुनोस्” वा “बुझ्‍न मन गरिरहेको व्यक्तिले बुझोस् र आज्ञापालन गरोस्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

जससँग ... छ, उसले सुनोस्

किनकि येशू यहाँ उहाँका श्रोताहरूसँग सीधै बोलिरहनुभएको छ, तपाईंले यहाँ द्वितीय पुरुषलाई प्रयोग गर्नलाई रोज्‍न सक्‍नुहुन्छ । वैकल्‍पिक अनुवादः “यदि तिमीहरू सुन्‍न चाहिरहेका छौ भने, सुन” वा “यदि तिमीहरू बुझ्‍न चाहिरहेका छौ भने, तब बुझ र आज्ञापालन गर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)