ne_tn/mat/11/12.md

2.2 KiB

बप्‍तिस्मा दिने यूहन्‍नाको दिनहरूदेखि

“यूहन्‍नाले आफ्नो सन्देश प्रचार गर्न सुरु गरेको समयदेखि ।” यहाँ “दिनहरू” शब्‍दले शायद महिनौ अथवा वर्षौँको समयावधिलाई जनाउँछ ।

स्वर्गको राज्यले बलजफ्‍ती भोग्‍छ, र बलजफ्‍ती गर्ने मानिसहरूले यसलाई जोड गरेर पक्रन्छन्

यो पदका सम्‍भाव्‍य व्‍याख्‍याहरू धेरै छन् । कोही मानिसले परमेश्‍वरको राज्‍यलाई तिनीहरूका आफ्‍नै स्‍वार्थी उद्देश्‍यका लागि प्रयोग गर्न चाहन्‍छन्, र यो कुरा हासिल गर्न अरू मानिसका विरुद्धमा तिनीहरू शक्ति प्रयोग गर्नसमेत इच्‍छुक हुन्‍छन् भन्‍ने अर्थ यूएसटी लगाउँदछ । अन्य संस्करणहरूले, परमेश्‍वरको राज्‍यमा प्रवेश गर्ने बोलावट अति जरुरी छ, र त्‍यो बोलावटको जवाफ दिन र फेरि पाप गर्ने परीक्षाको विरोध गर्न मानिसहरूले कठोर किसिमले काम गर्नुपर्दछ भनेर सकारात्‍मक व्‍याख्‍या गर्दछ । तेस्रो अर्थ, हिंस्रक मानिसहरूले परमेश्‍वरका मानिसहरूलाई हानि पुर्‍याउँछन् र परमेश्‍वरलाई राज्‍य गर्न नदिन खोज्‍दछन् ।