ne_tn/mat/11/09.md

2.1 KiB

सामान्य जानकारीः

बप्‍तिस्‍मा दिने यूहन्‍नाको जीवन र सेवाकार्यले अगमवाणी पूरा गर्‍यो भनी दर्शाउनका लागि पद १० मा येशूले मलाकी अगमवक्ताबाट उद्धृत गर्नुहुन्छ ।

जोड्ने कथनः

येशूले बप्‍तिस्‍मा दिने यूहन्‍नाको बारेमा भीडहरूलाई बताउन निरन्तरता दिनुहुन्छ ।

तर तिमीहरू के हेर्न बाहिर गयौ - एक अगमवक्ता ?

येशूले बप्‍तिस्मा दिने यूहन्ना कस्ता व्यक्ति हुन् भनेर मानिसहरूलाई सोच्न लगाउन एउटा प्रश्‍नको प्रयोग गर्नुभयो । वैकल्‍पिक अनुवादः “तर निश्‍चय नै तिमीहरू अगमवक्तालाई हेर्न मरुभूमिमा बाहिर निस्क्यौ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

हो, म तिमीहरूलाई भन्छु

“म तिमीहरूलाई भन्छु हो,”

अगमवक्ताभन्दा धेरै बढी

यसलाई एउटा पूर्ण वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “उनी एक साधारण अगमवक्ता होइनन्” वा “उनी एक साधारण अगमवक्ताभन्दा धेरै महत्त्वपूर्ण छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-ellipsis)