ne_tn/mat/11/02.md

1.9 KiB

अब

यहाँ यो शब्दलाई मुख्य कथा वर्णनमा आएको छोटो रोकावटलाई अङ्कित गर्नका लागि प्रयोग गरिएको छ । यहाँ मत्तीले कथाको नयाँ भाग भन्‍न सुरु गर्दछन् ।

जब यूहन्‍नाले झ्यालखानामा ... को बारेमा सुने

“यूहन्‍ना झ्यालखानामा हुँदा जब उनले ... को बारेमा सुने” वा “जब कुनै व्यक्तिले झ्यालखानामा भएका यूहन्‍नालाई ... को बारेमा भन्यो ।” हुन त मत्तीले पाठकहरूलाई भनेका छैनन् कि राजा हेरोदले बप्‍तिस्मा दिने यूहन्नालाई जेलमा हालेका थिए, तर मूल श्रोता यस कथासँग परिचित भएको हुनुपर्छ र यहाँको अन्तर्निहित जानकारी बुझ्न सकेको हुनुपर्छ । मत्तीले बप्‍तिस्मा दिने यूहन्नाको बारेमा पछि थप जानकारी दिनेछन, त्यसैले यहाँ यसलाई स्पष्‍ट नबनाउन उत्तम हुन्छ ।

उनले आफ्ना चेलाहरूद्वारा एउटा खबर पठाए

बप्‍तिस्‍मा दिने यूहन्‍नाले एउटा सन्देशसहित आफ्नै चेलाहरूलाई येशूकहाँ पठाए ।