ne_tn/mat/11/01.md

1.5 KiB

सामान्य जानकारीः

यहाँ कथाको नयाँ भाग सुरु हुन्‍छ, जहाँ बप्‍तिस्‍मा दिने यूहन्‍नाका चेलाहरूलाई येशूले कसरी जवाफ दिनुभयो भनी लेखकले भन्‍दछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

यसो हुन आयो कि जब

येशूले शिक्षा दिइसकेपछि के भयो भन्‍ने कुरामा यो वाक्‍यांशले कथालाई लैजान्‍छ । वैकल्‍पिक अनुवादः “तब” वा “त्‍यसपछि”

निर्देशन दिन सकाउनुभएको थियो

“शिक्षा दिन सकाउनुभएको थियो” वा “आज्ञा दिन सकाउनुभएको थियो ।”

उहाँका बाह्र चेलाहरू

यसले येशूका चुनिएका बाह्र प्रेरितहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

तिनीहरूका सहरहरूमा

यहाँ “तिनीहरू”शब्द ले सामान्‍य रूपमा सबै यहूदीहरूलाई जनाउँछ ।