ne_tn/mat/07/22.md

2.5 KiB

त्यस दिनमा

उहाँले इन्साफको दिनलाई जनाइरहनुभएको थियो भनेर उहाँलाई सुन्‍नेहरूले बुझ्‍नेछन् भनी जान्‍नुभएर येशूले “त्यस दिन” भन्‍नुभयो । तपाईंका पाठकहरूले बुझ्‍नेछैनन् भने मात्रै तपाईंले “इन्साफको दिन”लाई समावेश गर्नुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

के हामीले अगमवाणी बोलेनौँ ... भूतहरू धपाएनौँ ... धेरै शक्तिशाली कामहरू गरेनौँ ?

मानिसहरूले यी कुराहरू गरे भनी जोड दिनका लागि तिनीहरूले एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “हामीले अगमवाणी बोल्‍यौँ ... हामीले भूतहरू धपायौँ ... हामीले थुप्रै शक्तिशाली कामहरू गर्‍यौँ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के हामीले ... अगमवाणी बोलेनौँ

यो “हामी” शब्दले येशूलाई समावेश गर्दैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-exclusive)

तपाईंको नाउँमा

सम्भावित अर्थहरू हुन् १) “तपाईंको अधिकारद्वारा” वा “तपाईंको शक्तिद्वारा” वा २) “किनभने हामीले जे गरेको तपाईंले चाहनुभयो सो गरिरहेका थियौँ” वा ३) “किनभने हामीले त्यो गर्नका लागि तपाईंसँग शक्ति माग्यौँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

शक्तिशाली कामहरू

“आश्‍चर्यकर्महरू”