ne_tn/mat/06/30.md

3.3 KiB

मेदानका घाँसहरूलाई पहिराउनुहुन्छ भने

येशूले लिलीहरूको विषयमा यसरी बताउनुहुन्छ कि मानौँ ती मानिसहरू थिए जसले लुगा लगाउँथे । लिलीहरूलाई वस्‍त्र पहिराइएको भनेको बिरुवाहरूको सुन्दर र रङ्गी विरङ्गी फूलहरू हुने कुराको लागि एउटा अलङ्कार हो । (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-personification]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

घाँस

यदि तपाईंको भाषामा “घाँस” र अघिल्‍लो पदमा तपाईंले “लिलीहरू”को लागि प्रयोग गर्नुभएको शब्दलाई समावेश गर्ने कुनै शब्द छ भने, तपाईंले त्यसलाई यहाँ प्रयोग गर्न सक्‍नुहुन्छ ।

अगेनोमा फालिन्छ

त्यस समयका यहूदीहरूले खाना पकाउनका लागि तिनीहरूको आगोमा घाँसलाई प्रयोग गर्थे । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कसैले त्यसलाई आगोमा फालिदिन्छ” वा “कसैले त्यसलाई बालिदिन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

तिमीहरू थोरै विश्‍वास भएकाहरू हो, के उहाँले तिमीहरूलाई अझ बढी पहिराउनुहुनेछैन र ?

तिनीहरूलाई खाँचो परेका कुराहरू परमेश्‍वरले जुटाउनुहुनेछ भनेर सिकाउनका लागि येशूले यस प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “ ... विश्‍वास ... , उहाँले तिमीहरूलाई निश्‍चय नै पहिराउनुहुनेछ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

तिमीहरू थोरै विश्‍वास भएकाहरू हो

“तिमीहरू जससँग त्यस्तो कम विश्‍वास छ ।” येशूले मानिसहरूलाई यस किसिमले सम्बोधन गर्नुहुन्छ किनभने लत्ता कपडाहरूको लागि भएको तिनीहरूको चिन्ताले तिनीहरूसँग परमेश्‍वरमाथि थोरै मात्र विश्‍वास छ भनेर देखाउँछ ।