ne_tn/mat/06/27.md

2.3 KiB

सामान्य जानकारीः

येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्‍ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

तर तिमीहरूमध्ये कसले चिन्ता गरेर उसको आयुमा एक घडी थप्‍न सक्छ ?

येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । यहाँ “उसको आयुमा एक घडी थप्‍नु” भनेको एक व्यक्तिको जीवन जिउने समयावधिमा समय थप्‍ने कुराको लागि भएको अलङ्कार हो । वैकल्‍पिक अनुवादः “चिन्ता मात्रै गरेर, तिमीहरूमध्ये कसैले पनि, तिमीहरूका जीवनमा वर्षहरू थप्‍न सक्दैनौ । तिमीहरूले तिमीहरूको जीवनमा एक मिनेट पनि थप्‍न सक्दैनौ ! त्यसैले तिमीहरूलाई आवश्‍यक पर्ने कुराहरूको लागि तिमीहरूले चिन्ता गर्नुहुँदैन ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-metaphor]])

एक क्युबिट

एक क्युबिट भनेको आधा मिटरभन्दा अलिकति कम नापको लम्बाइ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-bdistance)