ne_tn/mat/06/25.md

2.0 KiB

सामान्य जानकारीः

यहाँ भएका “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका प्रयोगहरू बहुवचनमा छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

म तिमीहरूलाई भन्दछु

येशूले यसपछि भन्‍नुहुने कुरामा यस वाक्‍यांशले जोड थप्‍छ ।

तिमीहरूलाई

येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्‍ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ ।

के जीवन खानेकुराभन्दा ठूलो होइन र, अनि शरीर कपडाहरूभन्दा ?

येशूले मानिसहरूलाई सिकाउनका लागि एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “प्रस्‍ट छ कि जीवन तिमीहरूले खाने कुराभन्दा ठूलो हो, र तिमीहरूको शरीर तिमीहरूले लगाउने कुराभन्दा ठूलो हो ।” वा “प्रस्‍ट रूपमा जीवनमा त्यहाँ ती कुराहरू छन् जुन खानेकुराभन्दा ठूला छन्, र शरीरको विषयमा त्यहाँ ती कुराहरू छन् जुन लत्ता कपडाहरूभन्दा ठूला छन् ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)