ne_tn/mat/06/22.md

3.2 KiB

सामान्य जानकारीः

येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्‍ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमी” र “तिम्रो” शब्दहरूका प्रयोगहरू एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्‍यक पर्न सक्छ । हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

आँखा शरीरको ज्योति हो ... ज्योतिले भरिएको हुन्छ

यसले व्‍यक्तिलाई देख्‍न सहायता पुर्‍याउने स्‍वस्‍थ आँखालाई व्‍यक्तिलाई दृष्‍टिविहीन तुल्‍याउने बिरामी आँखासँग तुलना गर्छ । यो आत्‍मिक स्‍वास्‍थ्‍यलाई जनाउने अलङ्कार हो । लोभलाई जनाउनका लागि यहूदी मानिसहरूले प्रायः “खराब आँखा” भन्‍ने वाक्यांशलाई प्रयोग गर्थे । यसको अर्थ चाहिँ यदि कोही व्‍यक्ति परमेश्‍वरमा पूर्ण रूपमा समर्पित छ र परमेश्‍वरले झैँ गरी विभिन्‍न कुराहरूलाई देख्‍छ वा लिन्छ भने उसले जे ठीक छ त्यही गरिरहेको हुन्छ । यदि कोही व्‍यक्ति बढी पाउनका लागि लोभी छ भने, उसले जे खराब छ त्‍यही गरिरहेको हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आँखा शरीरको ज्योति हो

यो अलङ्कारको अर्थ जसरी बत्तीले कुनै व्‍यक्तिलाई अँध्‍यारोमा हेर्न सहायता गर्छ, त्‍यसरी नै आँखाले व्‍यक्तिलाई देख्‍न सहायता गर्छ । वैकल्‍पिक अनुवादः “बत्तीले झैँ गरी, आँखाले तिमीलाई चीजहरूलाई प्रस्‍टसँग देख्‍नलाई सहायता गर्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

आँखा

तपाईंले यसलाई बहुवचनको रूपमा अनुवाद गर्नुपर्ने हुन सक्‍छ, “आँखाहरू” ।