ne_tn/mat/06/16.md

2.3 KiB

सामान्य जानकारीः

येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्‍ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । पद १६ मा भएका “तिमीहरू” शब्दका सबै प्रयोगहरू बहुवचनमा छन् । पदहरू १७ र १८ मा जहाँ येशूले तिनीहरूलाई उपवास बस्दा कसरी व्यवहार गर्ने भन्‍ने बारेमा सिकाउनुहुन्छ, “तिमी” र “तिम्रो” शब्दहरूका सबै प्रयोगहरू एकवचनमा छन् । केही भाषाहरूमा “तिमी” शब्दका ती प्रयोगहरू बहुवचनमा हुन आवश्‍यक पर्न सक्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

जोड्ने कथनः

येशूले उपवासको बारेमा सिकाउन सुरु गर्नुहुन्‍छ ।

तिनीहरूले आफ्ना अनुहारलाई बिगार्छन्

पाखण्डीहरूले आफ्‍ना अनुहारहरू धुने वा आफ्‍नो कपाल कोर्ने गर्दैनथे । आफूहरूतिर जानाजान ध्‍यान आकर्षित गर्ने उद्देश्‍यले तिनीहरूले यसो गर्थे ताकि मानिसहरूले तिनीहरूलाई हेरून् र उपवास बसेकोमा तिनीहरूलाई आदर गरून् ।

साँच्‍चै म तिमीहरूलाई भन्दछु

“म तिमीहरूलाई साँचो भन्दछु ।” येशूले यसपछि भन्‍नुहुने कुरामा यस वाक्‍यांशले जोड थप्‍छ ।