ne_tn/mat/06/05.md

2.1 KiB

सामान्य जानकारीः

येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्‍ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । पदहरू ५ र ७ मा भएका “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन्; पद ६ मा ती एकवचनमा छन्, तर केही भाषाहरूमा ती बहुवचनमा हुन आवश्‍यक भएको हुन सक्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

जोड्ने कथनः

येशूले प्रार्थनाको बारेमा सिकाउन थाल्‍नुहुन्छ ।

ताकि मानिसहरूले तिनीहरूलाई देखून् भनेर

तिनीहरूलाई देख्‍नेहरूले तिनीहरूलाई आदर गर्नेछन् भन्‍ने अर्थ बुझिएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ताकि मानिसहरूले तिनीहरूलाई देखून् र तिनीहरूलाई सम्‍मान देऊन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

साँच्‍चै म तिमीहरूलाई भन्दछु

“म तिमीहरूलाई साँचो भन्दछु ।” येशूले यसपछि भन्‍नुहुने कुरामा यस वाक्‍यांशले जोड थप्‍छ ।