ne_tn/mat/06/01.md

2.4 KiB

सामान्य जानकारीः

येशूले एक समूहका मानिसहरूसँग तिनीहरू हरेकले के गर्न हुन्छ वा हुँदैन भन्‍ने बारेमा तिनीहरूसँग कुरा गरिरहनुभएको छ । “तिमीहरू” र “तिमीहरूका” शब्दहरूका सबै प्रयोगहरू बहुवचनमा छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

जोड्ने कथनः

येशूले मत्ती ५:३ मा सिकाउन सुरु गर्नुभएको उहाँको डाँडाको उपदेशमा आफ्‍ना चेलाहरूलाई सिकाउनलाई उहाँले निरन्‍तरता दिनुहुन्‍छ । यस खण्‍डमा, येशूले दान, प्रार्थना र उपवास जस्‍ता “धार्मिकताका कार्यहरू”लाई सम्‍बोधन गर्नुहुन्‍छ ।

मानिसहरूका सामुन्‍ने तिनीहरूले देखुन् भनेर

त्‍यो व्‍यक्तिलाई देख्‍नेहरूले उसलाई आदर गर्नेछन् भन्‍ने अर्थ बुझिएको छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूका सामु ताकि तिनीहरूले तिमीहरूलाई देख्‍न सकून् र तिमीहरूले जे गरेका छौ, त्‍यसका लागि तिमीहरूलाई आदर गर्न सकून्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

पिता

यो परमेश्‍वरको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)