ne_tn/mat/04/23.md

2.1 KiB

जोड्ने कथनः

गालीलमा येशूको सेवकाइको सुरुवातको बारेमा भएको कथाको भागको यो अन्त हो । यी पदहरूले उहाँले के गर्नुभयो र मानिसहरूले कसरी प्रतिउत्तर जनाए भन्‍ने कुराको सारांश दिन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-endofstory)

तिनीहरूका सभाघरहरूमा सिकाउँदै

“गालीलीहरूको सभाघरहरूमा सिकाउँदै” वा “ती मानिसहरूका सभाघरहरूमा सिकाउँदै”

राज्यको सुसमाचार प्रचार गर्दै

यहाँ “राज्य”ले राजाको रूपमा परमेश्‍वरको राजलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ भन्‍ने सुसमाचार प्रचार गर्दै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

हर प्रकारका रोग र हरेक बिमारी

“रोग” र “बिमारी” शब्दहरू एक आपसमा निकै सम्बन्धित छन्, तर सम्भव भएसम्म यी शब्दहरूलाई दुई भिन्‍न शब्दहरूको रूपमा अनुवाद गर्नुपर्छ । “रोग” त्यो हो जसले व्यक्तिलाई बिरामी बनाउँछ ।

बिमारी

त्यो भनेको रोग भएको कारणले आएको शारीरिक दुर्बलता वा कष्‍ट हो ।