ne_tn/mat/03/12.md

4.4 KiB

उहाँको खलालाई राम्ररी सफा गर्न उहाँको निफन्‍ने नाङ्लो उहाँको हातमा छ

ख्रीष्‍टले धर्मी मानिसहरूलाई अधर्मी मानिसहरूबाट अलग गर्नुहुने तरिकालाई यस अलङ्कारले कुनै मानिसले गहुँको दानालाई भुसबाट अलग गर्ने तरिकासँग तुलना गर्दछ । वैकल्‍पिक अनुवादः “ख्रीष्‍ट त्यो मानिसजस्तै हुनुहुन्छ जसको हातमा निफन्‍ने नाङ्लो छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँको निफन्‍ने नाङ्लो उहाँको हातमा छ

यहाँ “उहाँको हातमा” भन्‍नुको अर्थ त्यो व्यक्ति काम गर्न तयार छ भन्‍ने हुन्छ । वैकल्पिक अनुवादः “ख्रीष्‍टले आफ्नो हातमा निफन्‍ने नाङ्लो लिनुभएको छ किनभने उहाँ तयार हुनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

निफन्‍ने नाङ्लो

गहुँलाई हावामा उफारी गहुँको दानालाई भुसबाट अलग गर्नको निम्ति प्रयोग गरिने यो एउटा सामग्री हो । गह्रौँ गहुँका दानाहरू चाहिँ फेरि तल नै खस्छन् भने नचाहिएको भुसलाई चाहिँ हावाले उडाएर लैजान्छ । यसको आकार पराल उठाउन प्रयोग हुने काँटा भएको एउटा सामग्रीको जस्तै हुन्छ, तर यसका काँटाहरू फराकिला र काठले बनेका हुन्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)

उहाँको खलालाई राम्ररी सफा गर्न

ख्रीष्‍ट चाहिँ निफन्‍ने नाङ्लो हातमा लिएको मानिस जस्‍तै हुनुहुन्‍छ जो आफ्‍नो खलालाई सफा गर्न तयार हुनुहुन्छ ।

उहाँको खला

“उहाँको स्थल” वा “त्यो स्थल जहाँ उहाँले गहुँका दानाहरूलाई भुसबाट अलग राख्‍नुहुन्छ”

धनसारमा उहाँको गहुँ थुपार्न ... उहाँले भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोले डढाइदिनुहुनेछ

यो एउटा अलङ्कार हो जसले दुष्‍ट मानिसहरूबाट धर्मी मानिसहरूलाई परमेश्‍वरले कसरी अलग गर्नुहुन्छ भन्‍ने कुरालाई देखाउँछ । किसानको धनसारमा गहुँलाई राखेको झैँ गरी धर्मीहरू स्वर्गमा जानेछन्, र परमेश्‍वरले भुसजस्ता मानिसहरूलाई कहिल्यै ननिभ्ने आगोले जलाउनुहुनेछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

कहिल्यै निभाउन सकिँदैन

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “कहिल्यै निभ्‍ने छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)