ne_tn/mat/03/10.md

1.8 KiB

जोड्ने कथनः

फरिसी र सदूकीहरूलाई हप्‍काउने कुरालाई बप्‍तिस्‍मा दिने युहन्‍नाले निरन्‍तरता दिन्‍छन् ।

तर रूखहरूको फेदमा बन्चरो अगि नै परिसकेको छ । यसकारण, असल फल नफलाउने हरेक रूख काटी ढालिन्छ, र आगोमा फ्याँकिन्छ

यो अलङ्कारको अर्थ परमेश्‍वर पापीहरूलाई दण्‍ड दिन तयार हुनुहुन्‍छ भन्‍ने हुन्‍छ । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरसँग उहाँको बन्‍चरो छ, र खराब फल फलाउने कुनै पनि रूखलाई काटेर ढाल्‍न र जलाउन उहाँ तयार हुनुहुन्‍छ” वा “जसरी कुनै मानिसले खराब फल फलाउने रूखलाई काट्न अनि जलाउनलाई आफ्नो बन्चरोलाई तयारी अवस्थामा राख्छ, त्यसरी नै तिमीहरूका पापहरूको कारण तिमीहरूलाई दण्ड दिनलाई परमेश्‍वर तयार हुनुहुन्छ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])