ne_tn/mat/03/03.md

2.6 KiB

किनभने यिनी तिनै हुन् जसको बारेमा यशैया अगमवक्ताद्वारा यसो भन्दै बताइएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनकि यशैया अगमवक्ताले बप्‍तिस्‍मा दिने यूहन्‍नाको बारेमा बोलिरहेका थिए जब तिनले भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उजाडस्‍थानमा कराइरहने एकजनाको आवाज

यसलाई एउटा वाक्यको रूपमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “उजाडस्‍थानमा कराइरहने एकजनाको आवाज सुनिएको छ” वा “तिनीहरूले उजाडस्‍थानमा कराइरहने एकजनाको आवाज सुन्छन्”

परमप्रभुको मार्ग तयार पार ... उहाँका मार्गहरू सोझा बनाओ

यी दुई वाक्‍यांशहरूको अर्थ एउटै हुन्‍छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

परमप्रभुको मार्ग तयार पार

“परमप्रभुको लागि बाटो तयार गर ।” यसो गर्ने कुराले प्रभु आउनुहुँदा उहाँको सन्‍देश सुन्‍नलाई तयार हुने कुरालाई प्रतिनिधित्व गर्छ । मानिसहरूले तिनीहरूका पापहरूको लागि पश्‍चात्ताप गरेर यसो गर्दछन् । वैकल्‍पिक अनुवादः “प्रभु आउनुहुँदा उहाँको सन्देश सुन्‍नलाई तयारी गर” वा “पश्‍चात्ताप गर र प्रभुको आगमनको लागि तयार होओ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-explicit]])