ne_tn/mat/03/01.md

1.3 KiB

सामान्य जानकारीः

यो कथाको नयाँ भागको सुरुवात हो जहाँ मत्तीले बप्‍तिस्‍मा दिने यूहन्‍नाको सेवकाइको विषयमा बताउँछन् । पद ३ मा, येशूको सेवकाइको लागि तयारी गर्नका लागि बप्‍तिस्‍मा दिने यूहन्‍ना परमेश्‍वरले नियुक्त गर्नुभएको सन्देशवाहक थिए भनी देखाउन मत्तीले यशैया अगमवक्ताबाट उद्धरण गर्छन् ।

ती दिनहरूमा

यो योसेफ र उनको परिवारले मिश्र छोडेर नासरतमा गएको धेरै वर्षपछिको समय हो । यो सम्भवतः येशूले उहाँको सेवकाइ सुरु गर्न लाग्‍नुभएको समयको छेउछाउमा हो । वैकल्पिक अनुवादः “केही समयपछि” वा “केही वर्षपश्‍चात”