ne_tn/mat/02/16.md

2.2 KiB

सामान्य जानकारीः

यी घटनाहरू हेरोदको मृत्‍यु हुनुभन्‍दा पहिला घट्छन्, जुन मत्तीले मत्ती २:१५ मा उल्‍लेख गरे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-events)

जोड्ने कथनः

यहाँ परिवेश पुनः हेरोदतर्फ फर्किन्छ र ज्ञानी मानिसहरूले उनलाई छक्याएको कुरा चाल पाएपछि उनले के गरे भनेर बताउँछ ।

उनलाई ज्ञानी मानिसहरूद्वारा गिल्‍ला गरिएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “ज्ञानी मानिसहरूले उनलाई छक्याएर शर्ममा पारेका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

उनले पठाए र सारा पुरुष बालकहरूलाई मारे

हेरोद आफैँले ती बालकहरूलाई मारेनन् । वैकल्‍पिक अनुवादः “उनले सबै केटाहरूलाई मार्नलाई आफ्‍ना सिपाहीहरूलाई आदेश दिए” वा “त्यहाँ भएका सबै नर शिशुहरूलाई मार्नलाई उनले सिपाहीहरू पठाए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

दुई वर्ष वा सोभन्दा मुनि

“२ वर्षका अनि तीभन्दा साना” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

समयअनुसार

“त्यो समयको आधारमा”