ne_tn/mat/01/22.md

1.7 KiB

सामान्य जानकारीः

येशूको जन्‍म धर्मशास्‍त्रअनुसार थियो भनी दर्शाउनका लागि लेखकले यशैया अगमवक्ताको खण्‍डलाई उद्‌धृत गर्दछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)

यी सबै भए

अब स्‍वर्गदूत बोलिरहेका छैनन् । ती स्‍वर्गदूतले भनेका कुराको महत्त्‍वको बारेमा अब मत्तीले व्याख्या गर्दै छन् ।

जे कुरा अगमवक्तामार्फत परमप्रभुद्वारा भनिएको थियो

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “जे परमप्रभुले अगमवक्तालाई लामो समयअघि लेख्‍न भन्‍नुभएको थियो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

अगमवक्ता

त्‍यहाँ थुप्रै अगमवक्ताहरू थिए । मत्तीले यशैयाको विषयमा कुरा गरिरहेका थिए । वैकल्‍पिक अनुवादः “यशैया अगमवक्ता” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)