ne_tn/mat/01/11.md

1.7 KiB

योशियाह यकोनियासका पिता भए

“पूर्खा”को लागि अझ बढी खास शब्दलाई प्रयोग गर्न सकिन्छ, खासगरी तब जब “पूर्खा” शब्द कोही व्यक्तिको हजुरबुबा वा हजुरआमाभन्दा अगाडिका कोही व्यक्तिको लागि मात्र प्रयोग गरिन्छ । वैकल्‍पिक अनुवादः “योशियाह यकोनियासका हजुरबुबा थिए”

बेबिलोनमा निर्वासन गरेर लैजाने समयमा

“जब तिनीहरूलाई बेबिलोनमा सर्नलाई कर लगाइएको थियो” वा “जब बेबिलोनीहरूले तिनीहरूलाई पराजित गरे र तिनीहरूलाई बेबिलोनमा गएर बस्न लगाए ।” यदि तपाईंको भाषामा को बेबिलोनमा गयो भनेर खुलाउनुपर्छ भने, तपाईंले “इस्राएलीहरू” वा “इस्राएलीहरू जो यहूदामा बस्थे” भनेर भन्‍न सक्‍नुहुन्छ ।

बेबिलोन

यहाँ यसको अर्थ बेबिलोनको मुलुक भन्‍ने हुन्छ, बेबिलोनको सहर मात्रै होइन ।