ne_tn/mat/01/01.md

1.9 KiB

सामान्य जानकारीः

येशू राजा दाऊद र अब्राहामका सन्‍तान हुनुहुन्‍छ भनेर दर्शाउनका लागि लेखकले उहाँको वंशावलीसँग सुरु गर्दछन् । वंशावली मत्ती १:१७ भर अगाडि बढिरहन्छ ।

येशू ख्रीष्‍टको वंशावलीको पुस्तक

यसलाई तपाईंले एउटा पूर्ण वाक्‍यमा अनुवाद गर्न सक्‍नुहुन्‍छ । वैकल्‍पिक अनुवादः “यो येशू ख्रीष्‍टको पूर्खाहरूका सूची हो”

येशू ख्रीष्‍ट, दाऊदका पुत्र, अब्राहामका पुत्र

येशू, दाऊद, र अब्राहामका बीचमा त्यहाँ थुप्रै पुस्ताहरू थिए । यहाँ “पुत्र”को अर्थ “सन्‍तान” हुन्छ । वैकल्‍पिक अनुवादः “येशू ख्रीष्‍ट, दाऊदका सन्तान, जो अब्राहामका सन्तान थिए”

दाऊदका पुत्र

कहिलेकाहीँ “दाउदका पुत्र” भन्‍ने वाक्यांशलाई नामको रूपमा प्रयोग गरिएको छ, तर यहाँ भने येशूको पुर्ख्‍यौली चिनाउनका लागि मात्र प्रयोग भएको जस्‍तो छ ।