ne_tn/luk/24/07.md

2.3 KiB

... कि मानिसका पुत्र

यो अप्रत्यक्ष उद्धरणको सुरुवात हो । यसलाई युडीबीमा जस्तै प्रत्यक्ष कथनमा पनि अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

मानिसको पुत्रलाई पापी मानिसहरूको हातमा सुम्पिइनुपर्छ र क्रूसमा टँगाइनुपर्छ

“ ... हुनैपर्छ” भन्‍ने पदावलीको अर्थ हुन्छ कि यो त्यस्तो कुरो हो जुन निश्‍चय नै हुनेछ किनभने परमेश्‍वरले यो हुनेछ भनी अगि नै निर्णय गर्नुभएको थियो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यो जरुरी थियो कि तिनीहरूले मानिसको पुत्रलाई पापी मानिसहरूको हातमा सुम्पिऊन् जसले उहाँलाई क्रूसमा टाँग्‍ने थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

... का हातमा

यहाँ “हात” ले शक्ति वा नियन्त्रणलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तेस्रो दिनमा

यहूदीहरूले दिनको कुनै पनि अंशलाई एक दिनकै रूपमा गन्थे । यसैकारण, येशू बिउँताइनुभएको दिन “तेस्रो दिन” थियो किनभने त्यो उहाँको दफनको दिन र विश्रामको दिनपछि भएको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)