ne_tn/luk/24/05.md

16 lines
1.8 KiB
Markdown

# तिनीहरू डरले भरिए
“भयभीत भए”
# तिनीहरूको अनुहार भुइँतिर फर्काए
“तल भुइँतिर झुकाए ।” यो अभिव्यक्तिले तिनीहरूको नम्रता र ती मानिसहरूप्रतिको तिनीहरूको समर्पणलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-symaction]])
# तिमीहरूले जीवितलाई मृतकहरूका बीचमा किन खोज्छौ ?
जीवित व्यक्तिलाई चिहानमा खोजेका कारण ती मानिसहरूले ती स्‍त्रीहरूको मन्द किसिमले आलोचना गर्नको लागि एउटा प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरूले जीवित मानिसलाई मृत मानिसहरूका बीचमा खोजिरहेका छौ !” वा “तिमीहरूले कोही जीवित मानिसलाई मृत मानिसहरू गाड्ने ठाउँमा खोज्नु हुँदैन !” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-rquestion]])
# तिमीहरूले ... किन खोज्छौ ?
यहाँ “तिमीहरू” बहुवचन हो जसले त्यहाँ आएका स्‍त्रीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-you]])