ne_tn/luk/23/31.md

2.1 KiB

यदि रूख हरियो हुँदै तिनीहरूले यस्ता कुराहरू गर्छन् भने, सुख्खा हुँदा के होला ?

असल समयमा त मानिसहरूले खराब थोकहरू गरिरहेका भने तिनीहरूले भविष्यमा आउने खराब समयहरूमा निश्‍चित रूपमा अझ धेरै खराब थोकहरू गर्नेछन् भन्‍ने कुरा भीडलाई बुझ्‍न सहायता गराउनलाई येशूले एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्‍पिक अनुवादः “तिमीहरू देख्छौ कि रूख हरियो हुँदा त तिनीहरूले यी खराब थोकहरू गरिरहेका छन् भने रूख सुक्‍दा तिनीहरूले अझ धेरै खराब कुराहरू गर्नेछन् भन्‍ने कुरामा तिमीहरू निश्‍चित हुन सक्छौ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

रूख हरियो छ

हरियो रूख केही असल कुराको निम्ति एउटा अलङ्कार हो । यदि तपाईंको भाषामा यस्तै अलङ्कार छ भने तपाईंले यसलाई यहाँ प्रयोग गर्नुपर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

यो सुख्खा छ

सुक्खा काठ भनेको केही त्यस्तो कुराको लागि अलङ्कार हो जुन केवल बाल्नलाई मात्र उपयोगी छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)