ne_tn/luk/23/28.md

2.1 KiB

तिनीहरूतिर फर्केर

यसले सङ्केत गर्छ कि येशू स्‍त्रीहरूतिर फर्कनुभयो र तिनीहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुभयो ।

यरूशलेमका छोरीहरू हो

सहरको “छोरी”को अर्थ सहरका स्‍त्रीहरू भन्‍ने हुन्छ । यो रुखो बोली थिएन । यो कुनै स्थानबाटका स्‍त्रीहरूको समूहको निमित्त गरिने सामान्य रूपको सम्बोधन थियो । वैकल्‍पिक अनुवादः “यरूशलेमबाट आएका स्‍त्रीहरू हो”

मेरो लागि नरोओ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीहरूका निम्ति रोओ

व्यक्ति चाहिँ त्यस व्यक्तिलाई हुन जाने कुरालाई जनाउने प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “मलाई हुने खराब कुराहरूको बारेमा नरोओ । बरु, रोओ किनभने तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई झन् खराब कुराहरू हुनेछन्” वा “मलाई भइरहेको खराब कुराहरूको कारण तिमीहरू रोइरहेका छौ, तर तिमीहरू झन् बढी रुनेछौ जब तिमीहरू र तिमीहरूका छोराछोरीहरूलाई झन् खराब कुराहरू हुनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)