ne_tn/luk/23/22.md

1.9 KiB

तब उनले तेस्रो पटक तिनीहरूलाई भने

“पिलातसले भीडलाई तेस्रो पटक फेरि भने” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

यो मानिसले के दुष्‍ट काम गरेको छ ?

येशू निर्दोष हुनुहुन्थ्यो भनेर भीडलाई बुझ्‍न लगाउनको लागि पिलातसले यो प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “यी मानिसले कुनै गलत काम गरेका छैनन् !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

मैले यिनीमा मृत्युदण्‍डको सजाय पाउन लायकको केही पाएको छैन

“उनले त्यस्तो केही गरेका छैनन् जसको लागि उनले प्राणदण्‍ड पाउनुपर्छ”

उनलाई सजाय दिइसकेपछि, म उनलाई छोडिदिनेछु

लूका २३:१६ मा जस्तै, पिलातसले येशूलाई दण्‍ड नदिइकन छोडिदिनुपर्थ्यो किनभने उहाँ निर्दोष हुनुहुन्थ्यो । तापनि, भीडलाई शान्त पार्नको लागि उनले येशूलाई दण्‍ड दिने प्रस्ताव राखे ।

म उनलाई छोडिदिनेछु

“म उनलाई स्‍वतन्‍त्र बनाउनेछु”