ne_tn/luk/23/12.md

1.4 KiB

हेरोद र पिलातस दुवैजना त्यसै दिनदेखि एक-अर्कासँग साथी भएका थिए

अव्यक्त जानकारीचाहिँ यो हो कि तिनीहरू साथी भए किनभने पिलातसले हेरोदलाई येशूको न्याय गर्न दिएको कुरालाई उनले मन पराए । वैकल्‍पिक अनुवादः “हेरोद र पिलातस त्यसै दिन एक अर्कासँग साथी भए किनभने पिलातसले येशूको न्याय गर्नलाई हेरोदकहाँ पठाएका थिए” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

किनकि योभन्दा अगाडि तिनीहरूका बीचमा शत्रुता थियो

यो पृष्‍ठभूमि जानकारी हो भनेर देखाउन यस जानकारीलाई कोष्‍ठकमा राखिएको छ । तपाईंको पाठकले बुझ्‍नसक्‍ने ढाँचालाई प्रयोग गर्नुहोस् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-background)