ne_tn/luk/22/47.md

2.2 KiB

हेर, एउटा भीड देखा पर्‍यो

“हेर” शब्दले हामीलाई कथामा एउटा नयाँ समूहको परिचयबारे सचेत गराउँछ । तपाईंको भाषामा यसो गर्ने तरिका हुन सक्छ । वैकल्‍पिक अनुवादः “त्यहाँ एउटा भिड देखा पर्‍यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)

तिनीहरूलाई डोहोर्‍याइरहेको थियो

येशू कहाँ हुनुहुन्छ भनी यहूदाले देखाउँदै थियो । उसले भीडलाई के गर्नुपर्छ भनेर बताइरहेको थिएन । वैकल्‍पिक अनुवादः “तिनीहरूलाई येशूकहाँ लैजाँदै”

उहाँलाई चुम्बन गर्न

“उहाँलाई चुम्बनले अभिवादन गर्न” वा “उहाँलाई चुम्बन गरेर अभिवादन गर्न ।” जब मानिसहरूले अरू मानिसहरूलाई अभिवादन गर्थे जो तिनीहरूका परिवार वा साथीहरू हुन्थे, तिनीहरूले तिनीहरूलाई एउटा वा दुईवटै गालामा चुम्बन गर्थे । यदि तपाईंका पाठकहरूलाई एउटा पुरुषले अर्को परुषलाई चुम्बन गर्नु भन्‍ने कुरा असजिलो लाग्छ भने यसलाई सामान्य तरिकाले अनुवाद गर्न सकिन्छः “उहाँलाई मित्रवत् अभिवादन दिन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-unknown)