ne_tn/luk/21/34.md

2.9 KiB

ताकि तिमीहरूको हृदयलाई बोझ नहोस्

यहाँ “हृदय”ले व्यक्तिको दिमाग र विचारहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “ताकि तिमीहरू ... ले नभरिऊ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

ताकि ... बोझ नहोस्

येशूले यहाँ निम्‍न बताइएका पापहरूको विषयमा यसरी कुरा गर्नुहुन्छ मानौँ तिनीहरू कुनै भौतिक वजन हुन् जुन कुनै व्यक्तिले बोक्‍नु परेको थियो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

पिउनुको असरहरू

“धेरै मद्य पिउनाले तपाईंलाई जे गर्नेछ” वा “उन्मत्तता”

जीवनको चिन्ता

“यस जीवनबारे अत्यधिक फिक्री गर्ने”

त्यो दिन तिमीहरूमाथि अचानक आइपर्नेछ

जसरी पासोले कुनै पशुलाई त्यसले नसोचिरहेको बेलामा पक्रन्छ, त्यो दिन पनि तब हुनेछ जब मानिसहरूले त्यसको अपेक्षा गर्दैनन् । वैकल्‍पिक अनुवादः “जसरी पासो जनावरमाथि अचानक आइपर्छ, त्यसरी नै त्यो दिन तिमीहरूले आशा नगरिरहेको बेलामा हुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

त्यो दिन तिमीहरूमाथि अचानक आइपर्नेछ

तयारी नहुने र त्यसलाई नहेर्नेहरूका लागि त्यो दिनको आगमन अकस्मात् र अनपेक्षित रूपमा देखा पर्नेछ । वैकल्‍पिक अनुवादः “किनभने तिमीहरू तयार छैनौ भने, त्यो दिन तिमीहरूमाथि अकस्मात् आइपर्नेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यो दिन

यसले त्यो दिनलाई जनाउँछ जब मसिह फर्कनुहुन्छ । वैकल्‍पिक अनुवादः “मानिसको पुत्र आउने दिन”