ne_tn/luk/21/12.md

2.9 KiB

यी कुराहरू

यसले येशूले पछि हुनेछन् भनी भन्‍नुभएको भयानक कुराहरूलाई जनाउँछ ।

तिनीहरूका हात तिमीहरूमाथि पर्नेछन्

“तिनीहरूले तिमीहरूलाई समात्‍नेछन् ।” यो अभिव्यक्तिले मानिसहरूले चेलाहरूमाथि अधिकार चलाएको कुरालाई जनाउँछ । वैकल्‍पिक अनुवादः “तिनीहरूले तिमीहरूलाई गिरफ्तार गर्नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूले ... हाल्‍नेछन्

“मानिसहरूले ... ” वा “शत्रुहरूले ... ”

तिमीहरू

येशूले आफ्ना चेलाहरूसँग कुरा गरिरहनुभएको थियो । त्यसैले “तिमीहरू” शब्द बहुवचन हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

तिमीहरूलाई सभाघरहरूमा सुम्पिदिनेछन्

“सभाघरहरू” शब्द सभाघरहरूमा भएका मानिसहरूको लागि, र विशेषगरी अगुवाहरूको लागि प्रतिस्थापन शब्द हो । वैकल्‍पिक अनुवादः “तिमीहरूलाई सभाघरका अगुवाहरूकहाँ सुम्पनेछन्” वा “तिमीहरूलाई सभाघरहरूमा लानेछन् ताकि त्यहाँ भएका मानिसहरूले तिनीहरूले चाहेका कुराहरू तिमीहरूलाई गर्न सकून्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

र झ्यालखानाहरू

“र तिमीहरूलाई जेलहरूमा थुन्‍नेछन्” वा “र तिमीहरूलाई जेलहरूमा राख्‍नेछन्”

मेरो नामको कारण

यहाँ येशू आफैँलाई जनाउन “नाम” शब्दलाई प्रयोग गरिएको छ । वैकल्‍पिक अनुवादः “मेरो कारण” वा “किनकि तिमीहरू मलाई पछ्याउँछौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)