ne_tn/luk/21/10.md

2.6 KiB

तब उहाँले तिनीहरूलाई भन्‍नुभयो

“तब येशूले उहाँका चेलाहरूलाई भन्‍नुभयो ।” यो अगिल्लो पददेखिको निरन्तरता भएकोले केही भाषाहरूले “तब उहाँले तिनीहरूलाई भन्‍नुभयो” भन्‍न नरुचाउलान् ।

जाति जातिको विरुद्धमा उठ्नेछ

यहाँ “जाति” भनेको त्यस जातिका मानिसहरूको लागि प्रतिस्थापन शब्द हो, र “विरुद्धमा उठ्नु” भनेको आक्रमणको लागि प्रतिस्थापन शब्द हो । “जाति” शब्दले सामान्य रूपमा जातिहरूलाई जनाउँछ, कुनै एक खास जातिलाई मात्र होइन । वैकल्‍पिक अनुवादः “एउटा जातिका मानिसहरूले अर्को जातिका मानिसहरूलाई आक्रमण गर्नेछन्” वा “केही जातिका मानिसहरूले अरू जातिका मानिसहरूलाई आक्रमण गर्नेछन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-genericnoun]])

जाति

यसले देशलाई भन्दा मानिसहरूको जातीय समूहहरूलाई जनाउँछ ।

राज्य विरुद्धमा राज्य

“विरुद्धमा उठ्नु” शब्दहरूलाई अघिल्‍लो वाक्यांशबाट बुझिएको छ र त्यसको अर्थ आक्रमण हुन्छ । वैकल्‍पिक अनुवादः “राज्यको विरुद्धमा राज्य उठ्नेछ” वा “केही राज्यहरूका अरू राज्यहरूका मानसिहरूलाई आक्रमण गर्नेछन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-ellipsis]] अनि [[rc:///ta/man/translate/figs-metonymy]] अनि rc://*/ta/man/translate/figs-genericnoun)