ne_tn/luk/20/38.md

2.4 KiB

अब

यो शब्दलाई यहाँ प्रमुख शिक्षामा आएको छोटो रोकावटलाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । मानिसहरू मृतकबाट बिउँतन्छन् भनेर यो कथाले कसरी प्रमाणित गर्छ भनेर येशूले यहाँ व्याख्या गर्नुहुन्छ ।

उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका

यी दुई वाक्यहरूको समान अर्थ हुन्छ र जोड दिनको लागि दुईपटक भनिएको छ । केही भाषाहरूको जोड दिएको देखाउने भिन्‍नै तरिकाहरू हुन्छन् । वैकल्‍पिक अनुवादः “परपप्रभु चाहिँ जीवित मानिसहरूको मात्रै परमेश्‍वर हुनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parallelism)

तर जीवितहरूका

“तर जीवित मानिसहरूको परमेश्‍वर ।” किनकि यी मानिसहरू शारीरिक रूपमा मरे, तिनीहरू अझै पनि आत्मिक रूपमा जीवित भएको हुनुपर्छ । वैकल्‍पिक अनुवादः “तर ती मानिसहरूका परमेश्‍वर जसका शरीरहरू मरिसकेको हुनसके तापनि आत्माहरू अझै जीवित छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

किनकि उहाँको निम्ति सबै जिउँदै छन्

“किनभने परेमश्‍वरको दृष्‍टिमा तिनीहरू सबै अझ जीवित छन्” वा “किनभने परमेश्‍वरको उपस्थितिमा तिनीहरूका आत्माहरू जीवित छन्”