ne_tn/luk/20/04.md

2.0 KiB

यो स्वर्गबाट थियो कि मानिसहरूबाट ?

येशू जान्‍नुहुन्छ कि यूहन्‍नाको अधिकार स्वर्गबाट आउँछ, त्यसैले उहाँले जानकारीको लागि सोधिरहनुभएको छैन । यहूदी अगुवाहरूले सबै सुनिरहेकाहरूलाई तिनीहरूले ठान्‍ने कुरा भन्‍न परोस् भनेर उहाँले प्रश्‍न सोध्‍नुहुन्छ । यो प्रश्‍न आलङ्कारिक छ, तर तपाईंले यसलाई सम्भवतः एक प्रश्‍नको रूपमा अनुवाद गर्नुपर्ने हुन सक्छ । वैकल्‍पिक अनुवादः “यूहन्‍नाले मानिसहरूलाई बप्‍तिस्मा दिने अधिकार स्वर्गबाट पाएका थिए कि मानिसहरूबाट ?” वा “मानिसहरूलाई बप्‍तिस्मा दिनलाई परमेश्‍वरले यूहन्‍नालाई भन्‍नुभएको हो कि मानिसहरूले उनलाई भनेका हुन् ?” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

स्वर्गबाट

“परमेश्‍वरबाट ।” यहूदीहरूले परमेश्‍वरलाई उहाँको नाउँ “यहवे” द्वारा पुकार्दैनथे । तिनीहरूले उहाँलाई जनाउन प्रायः “स्वर्ग” शब्दको प्रयोग गर्थे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)