ne_tn/luk/17/22.md

1.8 KiB

जोड्ने कथनः

येशूले उहाँका चेलाहरूलाई सिकाउन थाल्‍नुहुन्छ ।

ती दिनहरू आउनेछन् जब

आउँदै गरेका दिनहरू भन्‍ने अवधारणाले केही कुरा चाँडै हुन लागेको कुरालाई प्रतिनिधित्व गर्छ । वैकल्पिक अनुवादः “एउटा समय आउँदैछ जब” वा “चाँडै” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूले हेर्ने इच्छा गर्नेछौ

“तिमीहरूले हेर्ने निकै चाहना गर्नेछौ” वा “तिमीहरूले अनुभव गर्ने इच्छा गर्नेछौ”

मानिसको पुत्रको दिनहरूमध्ये एक

यसले परमेश्‍वरको राज्यलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “त्यो एक दिन जब मानिसको पुत्रले राजाको रूपमा शासन गर्नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मानिसको पुत्र

येशूले आफ्‍नै बारेमा कुरा गरिरहनुभएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

तर तिमीहरूले त्यो देख्‍नेछैनौ

“तिमीहरूले त्यसको अनुभव गर्नेछैनौ”