ne_tn/luk/16/29.md

1.5 KiB

जोड्ने कथनः

येशूले धनी मानिस र लाजरसको बारेमा कथा भन्‍न सकाउनुहुन्छ ।

तिनीहरूसँग मोशा र अगमवक्ताहरू छन्

यो आशय दिइएको छ कि अब्राहामले लाजरसलाई धनी मानिसका भाइहरूकहाँ पठाउन इन्कार गरे । यसलाई उल्‍लेख गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अहँ, म त्यसो गर्नेछैन, किनकि तिम्रा भाइहरूसँग मोशा र अगमवक्ताहरूले लामो समय अगाडि लेखेका वचनहरू छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

मोशा र अगमवक्ताहरू

यसले तिनीहरूको लेखनहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “जे मोशा र अगमवक्ताहरूले लेखे” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूले उनीहरूका कुरा सुनून्

“तिम्रा भाइहरूले मोशा र अगमवक्ताहरूलाई नै ध्यान दिनुपर्छ”