ne_tn/luk/16/22.md

16 lines
2.0 KiB
Markdown

# अब यस्तो हुन आयो कि
यहाँ यो वाक्यांशलाई कथामा एउटा घटनालाई अङ्कित गर्न प्रयोग गरिएको छ । यदि तपाईंको भाषामा यसो गर्ने तरिका छ भने, त्यसलाई यहाँ प्रयोग गर्ने बारेमा तपाईंले विचार गर्न सक्‍नुहुन्छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/writing-newevent]])
# स्वर्गदूतहरूद्वारा उठाएर लगियो
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “स्वर्गदूतहरूले उसलाई उठाएर लगे” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# अब्राहामको छेउमा
यसको मतलब अब्राहाम र लाजरस ग्रीकहरूको भोज खाने शैलीअनुसार भोजमा एक अर्कामा ढेसिएर बसिरहेका थिए भन्‍ने हुन्छ । स्वर्गमा हुने आनन्दलाई धर्मशास्‍त्रमा धेरैपटक भोजको धारणाद्वारा प्रतिनिधित्व गरिएको छ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# गाडियो
यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले उसलाई गाडे” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])