ne_tn/luk/14/28.md

1.8 KiB

सामान्य जानकारीः

चेला हुनुको मूल्य हिसाब गर्न महत्त्वपूर्ण छ भनेर येशूले भीडलाई व्याख्या गर्न निरन्तरता दिनुहुन्छ ।

किनकि तिमीहरूमध्ये कसले, जसले एउटा धरहरा बनाउन चाहन्छ, पहिला बस्दैन र त्यसलाई पूरा गर्न चाहिने कुरा आफूसँग छ कि छैन भनेर हिसाब गर्न मूल्यको विचार गर्दैन ?

मानिसहरूले कुनै पनि आयोजना थाल्‍नभन्दा अगाडि मूल्य हिसाब गर्छन् भनेर प्रमाणित गर्न येशूले यो प्रश्‍नको प्रयोग गर्नुहुन्छ । वैकल्पिक अनुवादः “यदि तिमीहरूमध्ये कसैले धरहरा बनाउन चाह्‍यौ भने, तिमीहरूले पहिला बसेर त्यसलाई पूरा गर्न आफूसँग पर्ताप्‍त रकम छ कि छैन भनी हिसाब गर्ने थियौ ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

धरहरा

यो कुनै सुरक्षाकर्मी बस्ने धरहरा भएको हुन सक्छ । “अग्लो भवन” वा “रखवारी गर्ने अग्लो स्थानमा भएको मञ्‍च”