ne_tn/luk/14/12.md

2.5 KiB

जोड्ने कथनः

येशूले फरिसीको घरमा कुरा गर्न निरन्तरता दिनुहुन्छ, तर उहाँको आयोजकलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुहुन्छ ।

तिनी जसले उहाँलाई निम्तो दिएका थिए

“ती फरिसी जसले उहाँलाई उनको घरमा खानाको लागि निम्तो दिएका थिए”

जब तिमीले दिन्छौ

“तिमी” बहुवचनमा छ किनभने येशू उहाँलाई निम्तो दिने फरिसीसँग प्रत्यक्ष रूपमा कुरा गरिरहनुभएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

निम्तो नगर

तिनीहरूले यी मानिसहरूलाई कहिल्यै निम्तो गर्दैनन् भन्‍ने अर्थ सम्भवतः यसले दिएको होइन । यसको बढी सम्भाव्य अर्थ चाहिँ तिनीहरूले अरूहरूलाई पनि निम्तो दिनुपर्छ भन्‍ने हो । वैकल्‍पिक अनुवादः “केवल ... लाई मात्र निम्तो नदेऊ” वा “सधैँ ... मात्र निम्तो नदेऊ”

नत्रता तिनीहरूले पनि साटोमा तिमीलाई निम्तो दिन सक्छन्

“किनभने तिनीहरूले ... सक्छन्”

साटोमा तिमीलाई निम्तो दिन सक्छन्

“तिनीहरूको बेलुकीको खाना वा भोजमा तिमीलाई निमन्‍त्रणा दिनु”

तिमीलाई तिरिनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “यस किसिमले तिनीहरूले तिमीलाई तिर्नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)