ne_tn/luk/13/35.md

2.0 KiB

तेरो घर त्यागिएको छ

यो चाँडै हुन गइरहेको घटनाको बारेमा भएको एउटा भविष्‍यवाणी हो । यसको तात्पर्य हुन्छ कि परमेश्‍वरले यरूशलेमका मानिसहरूलाई सुरक्षा दिन छोड्नुभएको छ, त्यसैले शत्रुहरूले तिनीहरूलाई आक्रमण गर्न सक्‍नेछन् र तिनीहरूलाई लखेट्न सक्छन् । सम्भावित अर्थहरू हुन् १) परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई त्याग्‍नुहुनेछ” वा २) तिनीहरूको सहर रित्तो हुनेछ । वैकल्पिक अनुवादः “तिमीहरूका घरहरू त्यागिनेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूले यसो नभनेसम्म तिमीहरूले मलाई देख्‍नेछैनौ

“जबसम्म तिमीहरूले यसो भन्‍ने समय आउँदैन तबसम्म तिमीहरूले मलाई देख्‍नेछैनौ” वा “अर्को पटक तिमीहरूले मलाई देख्दा तिमीहरूले भन्‍नेछौ”

प्रभुको नाम

यहाँ “नाम”ले प्रभुको शक्ति र अधिकारलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)