ne_tn/luk/13/34.md

3.4 KiB

जोड्ने कथनः

येशूले फरिसीहरूलाई जवाफ दिन सकाउनुहुन्छ । यो कथाको यस खण्‍डको अन्त्य हो ।

यरूशलेम, यरूशलेम

यरूशलेमका मानिसहरूले त्यहिँ नै सुनिरहेका छन् जस्तै गरी येशू बोल्नुहुन्छ । येशू तिनीहरूका निम्ति कति दुःखित हुनुहुन्छ भनी देखाउनलाई येशूले यो दुई पटक भन्‍नुभयो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-apostrophe)

जसले अगमवक्ताहरूलाई मार्छ, र आफूकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्‍छ

यदि सहरलाई सम्बोधन गर्नु असजिलो भयो भने, येशूले वास्तवमा सहरका मानिसहरूलाई सम्बोधन गरिरहनुभएको थियो भन्‍ने कुरालाई स्‍पष्‍ट पार्न सक्‍नुहुन्छः “अगमवक्ताहरूलाई मार्ने र तिमीहरूकहाँ पठाइएकाहरूलाई ढुङ्गाले हान्‍ने तिमी मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूकहाँ पठाइएकाहरू

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनीहरू जसलाई परमेश्‍वरले तिमीहरूकहाँ पठाउनुभएको छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मैले कतिपटक चाहना गरेँ

“मैले कतिचोटि चाहेँ ।” यो एउटा आश्‍चर्यबोधक भनाइ हो र प्रश्‍न होइन ।

तेरा सन्तानहरूलाई बटुल्न

यरूशलेमका मानिसहरूलाई तिनका “छोराछोरी”को रूपमा वर्णन गरिएको छ । वैकल्पिक अनुवादः “तिम्रा मानिसहरूलाई बटुल्न” वा “यरूशलेमका मानिसहरूलाई बटुल्न” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

एउटा पोथीले आफ्ना चल्लाहरूलाई आफ्नो पखेटामुनि बटुले झैँ

यसले कसरी एउटा पोथीले त्यसका चल्लाहरूलाई आफ्नो पखेटाले ढाकेर हानि हुनबाट सुरक्षा गर्छ भन्‍ने कुराको वर्णन गर्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)