ne_tn/luk/13/16.md

2.8 KiB

अब्राहामकी छोरी

यो एउटा उपमा हो जसको अर्थ, “अब्राहामको सन्तान” भन्‍ने हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

जसलाई शैतानले बन्धनमा पार्‍यो

मानिसहरूले पशुहरूलाई बाँध्‍ने तरिकालाई शैतानले त्यस स्‍त्रीलाई त्यस रोगले बन्धनमा पारेको कुरासँग येशूले तुलना गर्नुहुन्छ । वैकल्पिक अनुवादः “जसलाई शैतानले तिनको रोगले लङ्गडा बनायो” वा “जसलाई शैतानले यो रोगले बाँध्यो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

अठार वर्षको लामो समय

“१८ वर्षको लामो समय ।” यहाँ “लामो” शब्दले ती स्‍त्रीले अठार वर्षसम्म कष्‍ट भोग्‍नु निकै लामो समय थियो भनी जोड दिन्छ । अरू भाषाहरूमा यसलाई जोड दिने अन्य तरिकाहरू हुन सक्‍छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-numbers)

के तिनको बन्धनबाट तिनलाई विश्रामको दिनमा स्वतन्त्र पार्नुहुँदैन ?

येशूले सभाघरका शासकहरूलाई तिनीहरू गलत छन् भनी बताउन एउटा प्रश्‍नको प्रयोग गर्नुहुन्छ । येशूले त्यस स्‍त्रीको रोगको विषयमा यसरी कुरा गर्नुहुन्छ मानौँ तिनीहरू डोरीहरू थिए जसले तिनलाई बाँधे । यसलाई कर्तृ वाच्यमा बोलिएको भनाइको रूपमा अनुवाद गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “तिनलाई यस रोगको बन्धनबाट छुटकारा दिनु ठीक हो ... दिन ... ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-rquestion]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])