ne_tn/luk/12/35.md

1.5 KiB

सामान्य जानकारीः

येशूले एउटा दृष्‍टान्त भन्‍न सुरु गर्नुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)

तिम्रो लामो पोसाक कम्मरको पेटीमा कसिएको होस्

मानिसहरूले लत्रने लामा कपडाहरू लगाउँथे । तिनीहरूले काम गर्दा तानिनबाट बचाउन तिनीहरूलाई तिनीहरूको पेटीमा बाँध्थे । वैकल्पिक अनुवादः “सेवा गर्न तयार हुनलाई तिमीहरूको लुगा पेटीमा बाँधिराख” वा “लुगा लगाऊ र सेवा गर्न तयार होओ” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-explicit]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

तिम्रा बत्तीहरू बलिरहून्

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिमीहरूका बत्ती बालिराख” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)