ne_tn/luk/12/03.md

3.1 KiB

तिमीहरूले अन्धकारमा जे पनि भनेका छौ त्यो ज्योतिमा सुनिनेछ

यहाँ “अन्धकार” भनेको “रात”को लागि प्रतिस्थापन शब्द हो जुन चाहिँ “गोप्य”को लागि प्रतिस्थापन शब्द हो । अनि “ज्योति”चाहिँ “दिन”को लागि प्रतिस्थापन शब्द हो जुन चाहिँ “सार्वजनिक”को लागि प्रतिस्थापन शब्द हो । “सुनिनेछ” भन्‍ने वाक्यांशलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “तिनीहरूले जे पनि राती गोप्यमा भनेका छौ, मानिसहरूले त्यो दिनको उज्यालोमा सुन्‍ने छन्” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

तिमीहरूले कानमा भनेका

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “अर्को व्यक्तिलाई कानेखुसी गरेको” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-synecdoche)

भित्री कोठाहरूमा

“बन्द गरिएको कोठामा ।” यसले गोप्य कुराकानीलाई जनाउँछ । वैकल्पिक अनुवादः “गोप्यतामा” वा “गोप्य तवरले”

घोषणा गरिनेछ

“ठूलो स्वरमा भनिनेछ ।” यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले घोषणा गर्नेछन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

घरको धुरीहरूबाट

इस्राएलमा घरको छत समतल परेको हुन्थ्यो, त्यसैले मानिसहरू त्यसमाथि गएर उभिन सक्‍थे । यदि घरको छानामाथि कसरी जाने भनी सोचेर पाठकहरू भ्रममा पर्छन् भने, यसलाई “मानिसहरूले सुन्‍न सक्‍ने अग्ला ठाउँहरूबाट” भन्‍नेजस्ता सामान्य अभिव्यक्तिसँगै अनुवाद गर्न सकिन्छ ।