ne_tn/luk/11/09.md

3.4 KiB

माग … खोज … ढकढक्याऊ

उहाँका चेलाहरूले निरन्तर रूपमा प्रार्थना गरून् भनी उत्साह दिनलाई येशूले यी आज्ञाहरू दिनुभयो । केही भाषाहरूलाई यी पदहरूसँगै थप जानकारी चाहिन पनि सक्छ । यस सन्दर्भमा “तिमी” को सबैभन्दा उपयुक्त हुने रूपलाई प्रयोग गर्नुहोस् । यस सन्दर्भमा “तिमी” को सबैभन्दा उपयुक्त हुने रूपलाई प्रयोग गर्नुहोस् । वैकल्‍पिक अनुवादः “तिमीलाई चाहिएको कुरा मागिराख ... तिमीलाई परमेश्‍वरबाट चाहिएको कुरा खोजिराख ... त्यसलाई खोज ... ढोकामा ढक्ढक्याइराख” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-you]] अनि [[rc:///ta/man/translate/figs-explicit]])

तिमीलाई त्यो दिइनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले यो तिमीलाई दिनुहुनेछ” वा “तिमीले यो पाउनेछौ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

ढकढक्याऊ

ढकढकाउनु भनेको घरभित्र भएको व्यक्तिलाई तपाईं बाहिर उभिरहनुभएको छ भनी जानकारी दिनलाई ढोकामा केही समय हिर्काउनु हो । यसलाई तपाईंको संस्कारमा मानिसहरूले तिनीहरू आइपुगिसकेका छन् भनी दर्शाउने तरिकालाई प्रयोग गरेर अनुवाद गर्न सक्‍नुहुन्छ, जस्तै “बोलाउनु” वा “खोक्‍नु” वा “ताली बजाउनु ।” यहाँ, यसको अर्थ कुनै व्यक्तिले परमेश्‍वरले जवाफ नदिउञ्‍जेल उहाँलाई प्रार्थना गरिरहनुपर्छ भन्‍ने हुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिम्रो लागि यो उघारिनेछ

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “परमेश्‍वरले तिम्रो निम्ति ढोका खोलिदिनुहुनेछ” वा “परमेश्‍वरले तिमीलाई भित्र स्वागत गर्नुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)