ne_tn/luk/10/intro.md

2.2 KiB

लूका १० सामान्य टिपोटहरू

यस अध्यायमा भएका विशेष अवधारणाहरू

कटनी

कटनी भनेको तब हुने हो जब मानिसहरू अनाजहरू लिन बाहिर जान्छन् जुन तिनीहरूले रोपेका हुन्छन् ताकि तिनीहरूले ती आफ्‍ना घरमा ल्याएर त्यसलाई खान सकून् । येशूले उहाँका अनुयायीहरूलाई तिनीहरू जानुपर्छ र अरू मानिसहरूलाई येशूको बारेमा बताउनुपर्छ ताकि ती मानिसहरू परमेश्‍वरको राज्यको एक हिस्सा हुन सकून् भनेर सिकाउनलाई यसलाई एउटा अलङ्कारको रूपमा प्रयोग गर्नुभयो । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/faith)

छिमेकी

छिमेकी भनेको कुनै पनि व्यक्ति हुन सक्छ जो नजिकै बस्छ । यहूदीहरूले खाँचोमा परेका तिनीहरूका यहूदी छिमेकीहरूलाई सहायता गर्थे, र तिनीहरूका यहूदी छिमेकीहरूले पनि तिनीहरूलाई सहयता गरेको अपेक्षा गर्थे । येशूले तिनीहरूले यो बुझेको चाहनुभयो कि ती मानिसहरू जो यहूदीहरू होइनन्, उनीहरू पनि तिनीहरूका छिमेकी हुन्, त्यसैले उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो (लूका १०:२९-३६) । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-parables)