ne_tn/luk/10/38.md

1.4 KiB

सामान्य जानकारीः

येशू मार्थाको घरमा आउनुहुन्छ जहाँ तिनकी बहिनी मरियमले येशूलाई बडो ध्यानपूर्वक सुन्छिन् ।

अब

यो शब्दलाई यहाँ एउटा नयाँ घटनालाई अङ्कित गर्नलाई प्रयोग गरिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-newevent)

जसै तिनीहरू सँगसँगै यात्रा गरिरहेका थिए

“जब येशू र उहाँका चेलाहरू सँगै यात्रा गरिरहेका थिए”

कुनै एउटा गाउँ

यसले एउटा नयाँ गाउँको परिचय दिन्छ, तर यसको नाम भने उल्लेख गर्दैन ।

मार्था नाउँ गरेकी एउटी स्‍त्री

यसले मार्थालाई नयाँ पात्रको रूपमा चिनाउँछ । तपाईंको भाषामा नयाँ मानिसहरूलाई चिनाउने तरिका हुन सक्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/writing-participants)